चीनबाट फर्केका परराष्ट्रमन्त्रीले भने – बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन

चीनबाट फर्केका परराष्ट्रमन्त्रीले भने – बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन

काठमाडौं – उपप्रधान एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

चीनको भ्रमण सकेर स्वदेश फर्किएका श्रेष्ठले च्रमण उपलब्धिमुलक भएको बताएका छन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिपूर्ण भएको र बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको तर्क गरे ।

चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने र अन्तिम निष्कर्षमा पुग्ने बताए ।

नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको सन्देश आफूले दिएको उनको भनाई छ । नेपालमा हुन लागेको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी ल्याउन आग्रह गरेको उनले बताए ।

यस्तै मानसरोवरमा पर्यटकलाई सहजीकरण गर्न छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । यस्तै दुई देशबिच सिधा बस सेवा सञ्चालन गर्न सहमति भएको, नेपालको कृषिको उत्पादकत्व बढाउन चिनिया पक्ष सकारात्मक रहको उनले बताए ।