सन्दिग्ध इजरायली आक्रमणमा इरानका दुई वरिष्ठ कमान्डरको मृत्यु

सन्दिग्ध इजरायली आक्रमणमा इरानका दुई वरिष्ठ कमान्डरको मृत्यु

दमास्कस– सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरायलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिएको छ ।

इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घनको संज्ञा दिए । दमास्कसमा सोमवार गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्। 

आक्रमणमा ११ जना मारिएका विवरणमा जनाइएको छ । तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि रहेका छन् ।रिभोल्युश्नरी गार्ड्सले विज्ञप्तिमार्फत् जनाएअनुसार मारिनेमा ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी पनि रहेको पुष्टि भएको छ ।

इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले उक्त आक्रमणले अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन गरेको बताए । 

दमास्कसको मेज्जेह जिल्लास्थित इरानी वाणिज्य दूतावास भवन हमलापछि ध्वस्त भएको देखिन्छ । यसैबीच, इरानको राजधानी तेहरानमा प्रदर्शनकारीहरूले इजरायलविरोधी नारा लगाउँदै इजरायली झन्डा जलाएका छन् ।

जाहेदीको मृत्युका लागि इजरायल जिम्मेवार रहेको इरानले जनाएको छ जसलाई दुई देशबीच तनाव चुलिने एउटा संकेतको रूपमा हेरिँदै छ ।

‘निशाना र त्यसका लागि जिम्मेवार पक्षबारे’ अमेरिकालाई थाहा हुन नसकेको ह्वाइट हाउसले बताएको छ ।