नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू

नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू

काठमाडौं– नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागू गरेको छ । 

आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागू गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवाका ग्राहकहरूका लागि सो प्रणाली लागू गरेको हो । 

सो अनुरूप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेजमा आवश्यकता अनुसार बुटिक प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था छ । 

बेसिक प्याकेज लिएका ग्राहकहरूले थप बुटिक प्याकेज खरिद गर्नका लागि टीभीको  मेन्युमा गएर आफैं खरिद गर्न सक्नेछन् । 

यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुचि बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।