जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१२ स्थित ५३ वर्षीय वेद निधी दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहाल समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ४ सय ३० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।