भारतीय बजारबाट ल्याइएका सामानहरू सशस्त्र प्रहरीद्वारा बरामद

भारतीय बजारबाट ल्याइएका सामानहरू सशस्त्र प्रहरीद्वारा बरामद

रौतहट - जिल्लाको परोहा नगरपालिकाबाट भारतीय बजारबाट अवैध रूपमा राजस्व छली गरेर भित्र्याइएको सात लाख मूल्य बराबरको सामानहरू सशस्त्र प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र बेसक्याम्प खाँप तथा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणबाट मंगलवार राति ११ बजेको समयमा खटिएको मोबाइल गस्ती टोलीले करिब सात लाख मूल्य बराबरको लत्ताकपडा, औषधी, सुर्ती जन्य पदार्थ, चप्पल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको हो ।

बरामद गरिएका उक्त राजस्व छलीका सामानहरूलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको बताइएको छ ।