जसपाले हसिना खानलाई समानुपातिक सांसद बनाउने

जसपाले हसिना खानलाई समानुपातिक सांसद बनाउने

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले बाँकेकी हसिना खानलाई पार्टीका तर्फबाट प्रतिनिधिसभामा रिक्त समानुपातिक सांसद बनाउने भएको छ ।

आज काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको हो ।

जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो ।

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जु लाई पठाएको थियो । तर मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ ।