सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

 आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५३ रुपैयाँले घटेर तोलाको १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।