आजबाट एसईई सम्पन्न

आजबाट एसईई सम्पन्न

काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सम्पन्न भएको छ ।

यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।

एसईई परीक्षालाई अझै पनि विद्यार्थीहरुले महत्त्वका साथ लिएको पाइन्छ । विद्यार्थीले एसईईको अन्तिम दिनलाई विशेष बनाउन विद्यालय पोशाकमा मिल्ने साथीहरुको हस्ताक्षर गर्ने चलन बढेको छ । विद्यालय पोशाकमा हस्ताक्षरसहित मिल्ने साथीहरुले सम्झनाका लागि विभिन्न शब्द कोर्ने गर्छन् ।