टियागो इभीमा एक लाखले मूल्य वृद्धि

टियागो इभीमा एक लाखले मूल्य वृद्धि

काठमाडौं–  नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले विद्युतीय गाडी टाटा टियागो इभीको शुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ ।

सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको अवसरमा कम्पनीले टियागो इभी नेपाली बजारमा आकर्षक मुल्यमा सार्वजनिक गरेको थियो ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको नम्बर १ ह्याचब्याक हो । हालसम्म यस गाडीका १,५०० भन्दा बढी ग्राहक रहेको कम्पनीले जानाएकाे छ ।

यस गाडीको खरिदमा सिमित अवधिको लागि राखिएको मूल्य मार्च सम्म लम्बाइएको थियो ।  कम्पनिको अनुसार २०२४ अप्रिलको ५ तारिक देखि टियागो इभीको सुरुवाती मुल्यको अवधि सकिएको छ । नेपालमा उपलब्ध टियागो इभीको सबै मोडलहरुमा एक लाखले मुल्य वृद्धि भएको छ ।