भिसा सकिएर बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ

भिसा सकिएर बसिरहेका १० जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं– भिसा समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरुपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार ठमेल र सोह्र खुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो  ।


उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यि हुन् पक्राउ परेका व्यक्तिहरू