कोशी सरकारबाट माओवादी बाहिरियाे

काठमाडौं– नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ ।
केदार कार्की नेतृत्वको कोशी सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
माओवादी संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै आज नै विशेष अधिवेशन पनि आव्हान गर्ने बताइएको छ । सरकारबाट माओवादी बाहिरिएसँगै एमालेले पनि समर्थन फिर्ता लिएर आज नै वैकल्पिक सरकारको दाबी प्रदेश प्रमुख समक्ष गर्ने बुझिएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको तयारीमा दलहरू यसअगाडि नै लागिसकेका थिए ।
प्रतिक्रिया