प्रदेशको सरकार बनाउन गाह्रो छ, अहिले कोशीबाट समर्थन फिर्ता हुँदैन : राजेन्द्र राई

प्रदेशको सरकार बनाउन गाह्रो छ, अहिले कोशीबाट समर्थन फिर्ता हुँदैन : राजेन्द्र राई

काठमाडौं– कोशी प्रदेशबाट एकीकृत समाजवादीले तत्काल फिर्ता नलिने बताएको छ ।

समाजवादीले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताएको छ ।

संसदीय दलका नेता राजेन्द्र कुमार राईले सरकारमा अस्थिरता भएकाले कुनै पनि काम अघि नबढ्ने भन्दै अहिले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताए ।

उनले खबरहबलाई भने, ‘सरकारलाई दिएको समर्थन तत्काल फिर्ता हुँदैन । सत्ताको लागि उथलपुथल, सबै लथालिङ्ग भयो , प्रदेशको सरकार बनाउन गाह्रो छ । सरकार अस्थिर भएकाले काम पनि बढ्दैन, बजेट नै राम्रोसँग अगाडी बढ्दैन ।’