पहिरोले नहर भत्केपछि बिजुली आपूर्ति बन्द
_ECYrEYfNGo_xckscdnxfrclbpc1jtq0c75p9wphbz9axxtzo36ylrfsrfz0myrmygfwg8kc_2KgfihnOUh_jtra5hqfrnpg5ajd3v9kjhjtvy9tzjxbhdnnxn6hmizwagtix8uxzdfojuas.jpg)
जुम्ला– जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो ।
२५ मिटर नहर पहिरोले भत्काएको छ । विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले गत असारमा पहिरोले चर्काएको नहर भत्किएपछि विद्युत उत्पादनको काम पूर्ण रूपमा बन्द भएको जानकारी दिए ।
भत्केको नहर मर्मत गर्न छ लाख रुपैयाँ बजेट आवश्यक पर्ने प्राविधिकले बताएको अध्यक्ष बुढाले जनाए । विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् । जसका कारण गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ ।
प्रतिक्रिया