बद्रि पंगेनी र चन्दा अर्यालको “पिरिम लगाम कान्छी” चर्चामा

बद्रि पंगेनी र चन्दा अर्यालको “पिरिम लगाम कान्छी” चर्चामा

काठमाडौं – पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा बद्रि पंगेनी र चन्दा अर्यालको “पिरिम लगाम कान्छी” बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्। उक्त्त गीतले छोटो समयमै दर्शकहरुको मिठो माया पनि पाएको छ।

श्री कृष्ण बम मल्लको शब्द/संगीत रहेको “पिरिम लगाम कान्छी” बोलको गीतको ब्यापक चर्चा छ। गीतमा बहुचर्चित लोकप्रिय गायक बद्रि पंगेनी र चन्दा अर्यालको सुमधुर आवाज रहेको छ भने नायक पल शाह, उषा उप्रेती र समिया कार्की फिचरमा छन्।