एमाले सिम्ता गाउँपालिका इन्चार्जमा मल्ल

एमाले सिम्ता गाउँपालिका इन्चार्जमा मल्ल

सुर्खेत - नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दीर्घ मल्लले सिम्ता गाउँपालिकाको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका छन् ।

 

यस्तो छ उनको राजनीति इतिहास 

२०५० सालमा एमालेको भातृ संगठन अखिलको प्राथमिक कमिटी अध्यन हुँदै राजनीतिक यात्रा सुरुवात गरेका मल्ल शालीन र भद्र स्थानीय नेताको रूपमा परिचीत छन् । २०५२ सालमा उनी अखिलको इकाला कमिटी अध्यक्ष भएका थिए ।

विद्यार्थी राजनीति हुँदै स्थानीय स्तरमा वन देखी विद्यालय व्यबस्थापन समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका मल्ल सुर्खेत जिल्ला नै पुरानो विद्यालय भानु मावीको दुई पटक व्यबस्थापन समिति अध्यक्ष भैसकेका छन् । उनी २०७३ र २०७६ सालमा अध्यक्ष भएका थिए ।

मल्ल २०६९ सालमा एमाले बजेडिचौर गाउँ कमिटी सचीव हुँदै २०७१ सालमा गाउँ कमिटी अध्यक्ष भएका थिए । २०७८ सालमा सुर्खेत जिल्ला कमिटी सदस्य भएका मल्ल २०८० सालमा जिल्ला सचिवालय सदस्य तथा सिम्ता इन्चार्जको भुमिकामा छन् ।

२०७७ साल देखि  २०७९ साल सम्म सिम्ता शिक्षा समितिकाे सदस्य भयर काम गरेका मल्ल २०८० कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्प पछि सुर्खेत सिम्ता बाट k2 सह संयाेजक भएर जाजरकोटको नलगाड नगरपालिकाकाे वडा न १ मा अस्थायी टहरा र भग्नावसेस घर पुनर्निर्माणमा खटिएका थिए । 

मल्ललाई आगामी निर्वाचनमा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको बलियो उम्मेदवारको रूपमा हेर्न थालिएको छ ।