बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ  - बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृशाेक परेकाे छ ।

एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीकाे ८८ वर्षकाे उमेरमा मंगलबार बिहान निधन भएकाे हाे ।

उपनिर्वाचनकाे चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाकाे निधन भएपछि एक दिनलाई प्रचार स्थगित गरिएकाे एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए ।

भण्डारी दुई हप्तादेखि बिरामी थिए। छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारीगाउँ निवासी उनकाे अन्तिम संस्कार बुधवार बिहान गरिने आफन्तजनले बताएका छन् ।

बुधवारदेखि नै चुनावी अभियानलाई निरन्तरता दिइने इन्चार्ज रावले जानकारी दिए।

२०७९ मंसिरको निर्वाचनमा बझाङ-१ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहकाे २०७९ असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा कांग्रेसले उनै पृथ्वीबहादुरका पुत्र अभिषेक सिंहलाई दिएको छ।