देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

पालिकाको सिफारिस ल्याउन आग्रह

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकहरू बिरामी परे पालिकाको सिफारिस आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने जानकारी दिएका हुन्‌ ।

बालेनले लेखेका छन्‌ः

https://www.facebook.com/share/p/2qWe8e2AQdDKScEa/?mibextid=oFDknk

महानगरको स्वास्थ्य विभागका अनुसार ५२ अस्पतालका ३७४ बेड विपन्नको उपचार प्रयोजन निम्ति आवद्ध गरिएको छ । निःशुल्क उपचार प्राप्त गर्न विपन्न बिरामीहरूले सम्बन्धित पालिकाबाट विपन्न/असहाय रहेको प्रमाणित हुने सिफारिस लिएर काठमाडौं आउनुपर्नेछ ।

निःशुल्क उपचार निम्ति ११८० मा या महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न बालेनले आग्रह गरेका छन्‌ ।