तोलामा ४ सय रुपैयाँले सुनको मूल्य बढ्यो

तोलामा ४ सय रुपैयाँले सुनको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० र तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० र तेजाबी सुन तोलाको एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको १६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।