बझाङ उपनिर्वाचन : एमाले भण्डारी अग्रता बढाउँदै

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन् ।
यहाँ छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ बाट मतणना थालिएको हो ।
सुरुबाटै अग्रता बनाएका भण्डारीले छबिसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ काे मत गनिसक्दा दोब्बरको अग्रता लिएका हुन् ।
त्यहाँ उनलाई नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले पछ्याइरहेका छन् । तेस्रोमा माओवादीका केन्द्रका जनक बुढा र चौथोमा एकीकृत समाजवादीका दिलबहादुर सिंह छन् ।
ताजा परिणाम
दमन भण्डारी (एमाले)-७५७
अविशेक सिंह (कांग्रेस)-३८०
जनक बुढा (माओवादी केनद्र)-२२६
दिलबहादुर सिंह (समाजवादी)-११५
किशाेर खड्का(राप्रपा)-९
माैरी-१
बदर-२८ मत
प्रतिक्रिया