इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
_Zoj8oJ1qER_gqhncnxyt0qanz0inob5aafijthulzhzczyfexs8dpiv1ovrcyruvm7ylxxl_Hdqabn7RX5_ludhct5kwylmehvlticb8btojhe5wu3pnxvkoib6xbjtmdmduzfbtamhvsud.jpeg)
इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रतालाई कायमै राखेका छन्। सुहाङले ८ हजार ८९८ मतका साथ अग्रता कायमै राखेका हुन्। कांग्रेसका उम्मेदवार डम्बर खड्का सुहाङभन्दा २६१८ मतले पछाडि परेका छन्। कांग्रेसका खड्काले ६ हजार २८० मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ६३४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १३०५ मत पाएका छन्। २१ हजार ८१० मत गणना हुँदा २६१ मत बदर भएको छ ।
इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतपरिणाम भर्खरै सार्वजनिक भएको हो। प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो।
प्रतिक्रिया