सुहाङ ५ हजार ६६२ मतले अगाडी

सुहाङ ५ हजार ६६२ मतले अगाडी

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३९ हजार ४२५ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ६६२ मतको फराकिलो अग्रता बनाएका छन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अहिले १६ हजार २१९ मत ल्याएका छन् । त्यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ५५७ मत ल्याएका छन् ।

पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले अहिलेसम्म ८,८२५ मत पाएका छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २ हजार ६४५ मत ल्याएर चौथो स्थानमा पछ्याइरहेका छन् ।

ताजा अपडेट
सूर्य-  १६२१९
रुख- १०५५७
मुढा-  ८८२५
घण्टी – २६४५