देउमाई : एमालेको गढमा घण्टीको आवाज

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले देउमाई नगरपालिकामा आइपुगेपछि आफ्नो मत बढाएका छन् ।

देउमाईका केही वडामा उनी तेस्रो स्थानमा देखिएका छन् । तर, फाकफोकथुम, चुलाचुली र माईका भन्दा देउमाईका मतदाताले मिलनलाई साथ दिएको पाइएको छ ।

तथापि अब मतगणना हुन बाँकी देउमाई र इलाम नगरपालिकामा मात्र रहेकाले मिलनले बढाउने भोटले उनलाई चौथो स्थानभन्दा माथि उक्लन सहयोग पुग्छ या पुग्दैन भन्न सकिने अवस्था छैन ।

किनभने, अहिलेसम्म सुहाङ नेम्वाङले १४ हजार कटाइसकेका छन् भने कांग्रेसले ९ हजार र मुढाले ८ हजार मत ल्याएको अवस्था छ ।

अहिलेसम्म मिलन २ हजार मतकै कटाइसकेका छन् । अब उनको प्रतिस्पर्धा तेस्रो स्थानका लागि मात्र हुने सम्भावना छ । तर, देउमाईका सबै वडाहरू गणना गर्न बाँकी रहेको र इलाम नगरपालिकामा पनि मिलनको पक्षमा धेरै मत झर्न सक्ने अनुमान गरिएको छ ।

इलाम नगरपालिकाले पनि मिलनलाई साथ दिएमा उनी डकेन्द्रलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सक्ने सम्भावना पनि मरिसकेको छैन ।

देउमाई नगरपालिका नेकपा एमालेकै गढ मानिन्छ । गत स्थानीय चुनावमा यहाँ एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । दोस्रो स्थानको कांग्रेसको मत एमालेको भन्दा करिब १ हजार कम थियो ।

स्थानीय निर्वाचनमा देउमाईका ९ वडामध्ये एमालेले ५ र कांग्रेसले ४ वटा वडा जितेका थिए । यो पालिकामा कांग्रेस र माओवादीले गठबन्धन गर्दा पनि पालिका प्रमुख र उपप्रमुखमा एमालेसँग हार्नु परेको थियो ।

यसरी आफ्नो पुरानो गढका रुपमा रहेको देउमाईमा एमालेले आफ्नो जनमत जोगाउँदै पहिलो स्थान यथावत् राखेको छ । यहाँबाट मुढा र घण्टीले पनि केही मत बटुलिरहेका छन् ।

इलाम-२ 
देउमाई वडा नम्बर -५ धुसेनी बारुङ, सिहंलप्पा, आङदाङ क्षेत्रको मतगणना सम्पन्न भएपछि :
सूर्य-१६९४४
रुख-११२७३
मूढा-९०४४
घण्टी -२८०३

देउमाई नगरपालिका वडा नम्बर १ को परिणाम

सुहाङ नेम्वाङ –८३१
डम्वर खड्का– ५१८
मिलन लिम्बु– –२३२
डेकेन्द्र थेगिम – १८७

वडा नम्वर–२ को परिणाम

सुहाङ नेम्वाङ – ७१३
डम्वर खड्का – ३९७
डेकेन्द्र थेगिम –२८५
मिलन लिम्बु – ११२

वडा नम्वर–३ को परिणाम
सुहाङ नेम्वाङ– १०४०
डम्वर खड्का– ७५७
मिलन लिम्बु– २५६
डकेन्द्र थेगिम–११९

देउमाई वडा नम्वर–४ को परिणाम 
सुहाङ नेम्वाङ– ५६६
डम्वर खड्का– ४८९
मिलन लिम्बु– ३२९
डकेन्द्र थेगिम–१३६

देउमाई वडा नम्बर ५ को परिणाम
सुहाङ नेम्वाङ-७२५
डम्वर खड्का-७१६
डकेन्द्र थेगिम-२१९
मिलन लिम्बु-१५८

(चारवटा वडाको परिणाम आउन बाँकी)