ललितपुरको गोदावरीमा डढेलो निभाउँदा जलेका दुई युवाको मृत्यु

ललितपुरको गोदावरीमा डढेलो निभाउँदा जलेका दुई युवाको मृत्यु

ललितपुर-ललितपुरको गोदावरी नगरपालिका–४, बडिखेलको जंगलमा लागेको डढेको निभाउने क्रममा जलेर गम्भीर घाइते भएका २ जनाको ज्यान गएको छ ।

ती दुवैजना स्थानीयबासीको उपचारका क्रममा मंगलबार र बुधबार निधन भएको हो ।

बडिखेलस्थित तपेश्वर मन्दिरनजिकै मंगलबार लागेको डढेलो निभाउने क्रममा घाइते भएका स्थानीयबासीद्वय शंकर पहरी र रमेश पहरीको कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो ।

उपचारमा क्रममा शंकर पहरीको मंगलबार नै निधन भएको हो । उता रमेश पहरीको वुधबार बिहान निधन भएको हो । यसैगरी डढेलो निभाउने क्रममा घाइते भएका गौरव पहरीलगायत गोदावरीकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।