नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ ।

अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६९१० बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६९१० बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।