सुनको मूल्य घट्यो!

सुनको मूल्य घट्यो!

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा  १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।