झापाको दमकमा १२ कक्षाकी छात्रालाई गोली हानेर फरार
_IbcXOAeJbD_uh1fty1hf4f6gvsybyce9aql5uhwsbkrg6hdypztwrmjk77qxnt7gvqiymtr_jz27L3SWQu_b14ocolu9qr6wfirsgn2rsl9ivs67l5nwx542pjeuh0ws9xwcbdgs7ksg3y1.jpg)
झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली हानिएको छ ।
स्थानीय हिमालय माध्यमिक विद्यालय केन्द्रमा कक्षा १२ को परिक्षा दिएर घर फर्किने क्रममा दमक नगरपालिका ५ मा उदयपुरकी १८ वर्षीया एनिका अधिकारीलाई गोली हानिएको हो ।
इलका प्रहरी कार्यालय दमकका अनुसार अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली हानेको खुलेको छ । तर उनी एनिकालाई गोली हान्नेबित्तिकै फरार भएका छन्।
गोली एनिकाको पेटको तल्लो भागमा लागेकाले उनको अवस्था गम्भीर छ । अहिले एनिकाको दमकस्थित लाइफललाइन अस्पतालमा उपचार भइरहेको छ ।
एनिका दमकमा डेरा गरेर प्ल टु पढ्दै आएकी थिइन् । उनी अहिले जारी परीक्षामा संलग्न भएर डेरा फर्किँदै गर्दा अमितकुमारले गोली हानेर भागेका हुन् । अमितले बाटो ढुकेर एनिकामाथि गोली हानेको प्रहरीले उल्लेख गरेको छ ।
गोली चलाएर फरार यादवको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रतिक्रिया