६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई सरुवा गर्ने निर्णय गरेको छ।

यस्तै लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पशुपंक्षी विकास सचिवका रुपमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्‌ले पशुपंक्षीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिने निर्णय गरेको छ ।

यसैगरी कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।