कञ्चनपुरकाे एक घरमा आगलागी, २५ लाखको क्षति

कञ्चनपुरकाे एक घरमा आगलागी, २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको छ ।

आज विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरले बताए ।

उनको घरसहित गाई गोठमा आगलागी भएको हो । आगलागीबाट घर,गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । तीन वटा बाख्रा जलेर मरेका छन् भने एक भैँसी जलेर घाइते भएको छ ।

प्रहरी निरीक्षक बुडाऐरका अनुसार घरमा राखिएको नगद पाँच लाख समेत जलेर नष्ट भएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।