ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका दुईचरणमा गरी आठ दिन बन्द हुने भएका छन् ।

विहारको मधुवनी जिल्लामा वैशाख २५ र जेठ ७ मा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने छ ।

त्यसैगरी दोस्रो चरणको निर्वाचनका लागि जेठ ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म बन्द हुने छ ।

नेपाल–भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाका ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए ।