वैशाख २८ गते प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं– वैशाख २८ गते बस्ने प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने छलफल भएको छ ।
मंगलबार सभामुखले बोलाएको बैठकमा यस्तो छलफल भएको सभामुखको सचिवालयको भनाइ छ ।
बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । यसका लागि समय पनि निर्धारण हुने छ ।
सभामुख घिमिरेले संसद्को गतिरोध हटाउन राखेको बैठकपछि सबै नेताहरूले बोलेर व्यवस्थित ढंगले संकल्पसहित अगाडि बढ्ने सहमति भएको हो ।
तर नेपाली कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि निरन्तर संसदीय समिति बनाउनुपर्ने माग राखेको छ ।
प्रतिक्रिया