संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्र पठाएका छन् ।

उनलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएको भन्दै गत अधिवेशनमा बेल्न दिएको छैन । त्यसपछि उनले सभामुखलाई पत्र नै लेखेर बोल्न पाउनुपर्ने माग राखेका हुन् ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसहित बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका यता प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री माथि छानबिन समिति आवश्यक भएको  अडान कायम राखेका ।  त्यसपछि रविले  सभामुखलाई पत्र नै पठाएका छन् ।

पत्रमा २७ गतेबाट सुरु हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका छन् ।

उनले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । उनले आफ्नाबारेमा उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी भएको समेत बताएका छन् ।