नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने

नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष तथ नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले आफू उपेन्द्र यादव नेतृत्वकै जसपामा रहेको स्पष्ट पारेका छन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूसहित बाँके जिल्ला समितिमा रहेको सबै नेताहरु जसपा नेपालमै रहेको स्पष्ट पार्दै पार्टी विभाजनको आलोचना गरेका छन् ।

राईले विभाजित मनस्थितिका केही व्यक्तिहरुले निर्वाचन आयोगमा अवैधानिक निवेदन दिएर पार्टी विभाजन गरेको आरोप लगाए ।

संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक भन्दै उनले जिल्लाका निर्वाचित जन प्रतिनिधि र बहुमत केन्द्रीय सदस्य, पार्टी नेता कार्यकर्ता पार्टीमै रहेको उल्लेख गरेका छन् ।

उनले वर्तमान अवस्थामा पार्टीलाई थप मजबूत र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।