बागलुङको लाम्मेलामा आगलागी

बागलुङको लाम्मेलामा आगलागी

ढोरपाटन - बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका  छन् ।

घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिनुभयो । मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले  निभाउने प्रयास गरेका थिए । 

गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उहाँले बताउनुभयो । घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेको हुनसक्ने आशङ्का उहाँले व्यक्त गर्नुभयो ।