रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् – ‘अब आँखा खोलौं’

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् – ‘अब आँखा खोलौं’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका हुन् ।

रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न आग्रह गरेका छन् । 

उनले भनेका छन् ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छु वालाको संगतले पुर्याउने सत्तासम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफूप्रति गरेको आशा गुमाउनु पर्छ ।’ ‘म हुन्न भने यो कुर्सी नै भाँचिदिन्छु वालाको संगतले पुर्याउने ओठेजवाफसम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ ।’

अघिल्लो स्टाटस लेखेको थिएँ ‘हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरुङ र ज्ञानेन्द्र बहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शिता र कानूनीराज सिकाउँदैछन् । यो दृष्य दुखद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ । पटक पटक लेख्छु, आँखा खोलौँ ।’