लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ लिमिटेड
लिमिटेड खानामा अनलिमिटेड अफर
काठमाडौं – इजाकाया होक्काइडोको आयोजनामा र्याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ सुरु भएको छ । जापानी खानाका पारखीलाई लक्षित र्दै ‘जापानी खाना उत्सव’को आयोजना गरिएको होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबीजी)का सञ्चालक अर्जुन अधिकारीले बताए ।
उत्सवलाई होक्काइडो नेपालले ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ को रुपमा लिएको बताएको छ । यो उत्सवमा जापानी खाना, पेय पदार्थ र संगीतको फरक स्वाद लिन सक्ने सञ्चालक अधिकारीले जानकारी दिए ।
उत्सवमा खानाको परिकार अनुसार प्रतिव्यक्ति ४४ सय, २७ सय र १७ सय रुपैयाँको गरी तीन प्रकारका मेनु तयार गरिएको छ । जसमा लिमिटेड खानामा अनलिमिटेड अफर पाइने सञ्चालक अधिकारीले बताए ।
एचएनबीजीले नेपालमा जापानी खानाको संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ । सन् २०१९ देखि सञ्चालनमा आएको यो गु्रपले उपत्यकाका विभिन्न क्षेत्रमा जापानी परिकारका रेष्टुरेन्टहरु सञ्चालन गर्दै आएको छ ।
बूढानीलकण्ठको पार्क भिलेज होटलको हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्टबाट यसको थालनी भएको थियो । त्यसयता काठमाडौंका विभिन्न ६ स्थानमा जापानी रेस्टुरेन्ट खुलिसकेका छन् ।
होक्काइडोका शाखाहरु देक्काइडो फार्म हाउस बूढानीलकण्ठ, ओमाकासे नक्साल, इजाकाय होक्काइडो र्याडिसन होटल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्धमा सञ्चालित छन् ।
प्रतिक्रिया