सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेट

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेट

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । 

भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्का दुवै सदनबाट प्रस्तुत गर्दै छन् । सोही सन्दर्भका घिमिरे र दाहालबीच भेटघाट भएको हो । 

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा भोलिको सभालाई सभ्य बनाउने कुराकानी समेत भएको छ । 

प्रतिनिधि सभामा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै निरन्तर सदन अवरोध  गरिरहेको छ ।