हतियारक आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन
![हतियारक आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन](https://snowberry.prixacdn.net/media/gallery_folder/Blinkan.jpg_BHHqZIjL6n_lcjd51bwuwlfjag6fxy6m8iz8gjpbex8lq70g7ooaf3ct1sql45hvhqjsbhm_l01sQwzwvx_cippzepkhoyapiny39oof5t4fg8psnef50yhiow9y0y6ikjgfx5y0jzl4d2h.jpg)
काठमाडौं– अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू त्यहाँ पुगेका हुन् ।
ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन् ।
अमेरिकाले तीन साताअघि अमेरिकी संसद्मा युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसद्मा विवाद चलिरहेको थियो ।
ब्लिन्केन युक्रेन पुग्नु अघि, अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टरहरू, तोपहरू र लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको बताएका थिए ।
प्रतिक्रिया