निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संघीय निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने बताएका छन् ।

निजामती प्रशासनलाई चुस्त, परिणाममुखी र व्यावसायिक बनाइने र प्रदेश निजामती सेवा तथा स्थानीय सेवालाई व्यवस्थित तुल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

तीन तहबीचको प्रशासनिक कार्यात्मक अन्तरसम्बन्ध सुदृढ तुल्याइ सेवा प्रवाहलाई थप सहज, सुलभ र सरल बनाइने सरकारको योजना छ ।