अवैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

अवैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं– सुनसरी जिल्लाको कोशी गाउँपालिका- ८ स्थित तीनकुने सीमा इलाकाबाट बैशाख २९ गते साँझ अवैध रुपमा ल्याइएको  मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।

प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुरले बीआर ५० जी ९०५७ नम्बरको ट्रकलाई चेकजांच गर्ने क्रममा  १८ वटा बोरामा रहेको ९ सय ९० के.जी. मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के.जी. गहुँ र ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० के.जी चिनी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।