पाल्पामा बलेरो जिप दुर्घटना

पाल्पामा बलेरो जिप दुर्घटना

तानसेन– पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ।

नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीयले बताएका छन् ।

बलेरो जिपमा १० जना यात्रु रहेको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको  छ।