पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख भन्दा बढी भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले बुधबार वैशाख महिनामा मात्रै ६९ लाख ३२ हजार ४०० रुपैयाँ भेटी सङ्कलन भएको जनाएको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंकमा दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा पुगेको समितिले जनाएको छ । जसमा गत महिना मात्रै ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए ।