सहकारी अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने एकीकृत समाजवादीको माग

सहकारी अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने एकीकृत समाजवादीको माग

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ । 

सत्तारुढ दल समाजवादीको  केन्द्रीय कमिटी बैठकले यस्तो माग गरेको हो। बिहीबार केन्द्रीय कमिटीका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सहकारी अपचलनमा गृहमन्त्री समेत संलग्न भएको विषय दुःखद भएको बताएको छ ।  

सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने, ‘सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ । यसमा गृहमन्त्री जोडिनु दुखद विषय हो ।’