५ लाख धरौटीमा रिहा भए रवि ओड

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी बिहीबार साँझ ५ बजे रिहा भएका हुन्  ।

ओडविरूद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले उजुरी दिएकी थिइन् ।

ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।