भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
![भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/_96008158_febb1e41-a3f6-4183-8192-9db7fbb2bbad_YP9FZqIDVA_mptw6muakvkkipq0efybyuasawih8sms9yxqgjeoh46ywlijxfpug7izebjf_4whu6Ox3t1_ursu4cc7yowq51qixtd0xbq0mhilg7jhfqmmnrbzxu3di6p8swgt2izwevua.jpg)
काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार पश्चिम बंगालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर कैयौँ घाइते भएका छन् । मुख्यमन्त्री ममता बनर्जीले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।
पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ । साथै घाइते उपचार खर्च व्यहोर्ने पनि बताएको छ ।
प्रतिक्रिया