कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्

कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्न पाएनन् ।

बिहान साढे ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा आशनबाट उठेर वेल घेराउ गर्दै कांग्रेस सांसदहरूले नाराबाजी गर्दा प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्न नपाएका हुन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विश्वासको मतका लागि प्रस्ताव टेबल गर्ने वातावरण बनाइदिन कांग्रेस सांसदहरूलाई आग्रह गरे ।

तर कांग्रेस सांसदहरूको नाराबाजी र वेल घेराउ नरोकिएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।