भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
![भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/rail_UewD7tTIYP_kfssphpayehbfgzipe6zxzewbpszwhwvtlocmirrop7qiblm4egs9ashjfya_HaqW7wiZPk_vuxvkmbnpis6hko7gctm7daycmbhoqnetxwsuwcomisp5wvhj9jexq79soht_NGoht8HpNt_0qsn8tskrmuv5atjkw86jzfxyjaabrsjvcmj_cdxRSR4Gw0_lorxhqyuqn7xcfzzoadr8fezwwgjtc0ivlfk2tuftlcze52dqyjejhdjx0ew_vCC5uIXomu_wjwsfjesoawgm2y0unt1dup4ntekwvpm78sb6hiqoofncxqlgesgdzwyneae.jpg)
जलेश्वर - भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो । सूचनामा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो ।
प्रतिक्रिया