बैजनाथमा किसानसँग पालिकाप्रमुख कार्यक्रम
![बैजनाथमा किसानसँग पालिकाप्रमुख कार्यक्रम](https://snowberry.prixacdn.net/media/gallery_folder/Baijanath_izgLDxRsLP_4b8opiehohdwjlidiu1mfnzalsqzr1nyniksnicpboupdwr0jbhp2xfq4vta_CL3FSZq7K3_zfcu9rwefkjdhhovwzbrlm88ik8rgbvq7kwhm8mydnfqgkhqvcrvajx1mgo1.jpg)
खजुरा– बाँकेको वैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको सम्बद्ध किसानहरूले बताएका छन् ।
किसानलाई आवश्यक बीउ बिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको र खेतीयोग्य जमिन वर्गीकरण गरी अनुदानसँगै सिँचाइ व्यवस्थापनको दीर्घकालीन योजना बनाएर लागेको पालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।
वैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषिमा आबद्ध छन् । उनीहरूलाई आत्मनिर्भर बनाउन उनीहरूका घरदैलोमा नै समस्या समाधानको प्रयास भएको उनले जानकारी दिए।
स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले पर्याप्त बजेट विनियोजन गरेको उनले बताए ।
गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउन चार वटा वडालाई पकेट क्षेत्रका रूपमा विस्तार गरेको छ
प्रतिक्रिया