आर्थिक सुशासनमा महाबु गाउँपालिका दैलेखमै पहिलो, कर्णालीमा दोस्रो

सुर्खेत - आर्थिक वर्ष २०७९/८० सालको महालेखा परिक्षकको कार्यालयद्वारा प्रस्तुत प्रतिवेदनमा दैलेख जिल्लामा आर्थिक सुशासन कायम गर्ने स्थानीय तहमा महाबु गाउँपालिका पहिलो नम्बरमा परेको छ ।
महाबु गाउँपालिकाको बेरुजु ०.३५% मात्रै रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम बेरुजु हुम्लाको सिमकोट गाउँपालिकाको रहेको प्रतिवेदन सार्वजनिक भएको छ जसमा ०.३४% बेरुजु देखिन्छ ।
महाबु गाउँपालिकाले आर्थिक वर्ष २०७५/७४ देखी २०७८/७८ सम्म पहिलो कार्यकालमा कायम भएको करिब ८ करोड बेरुजु सम्परीक्षण मार्फत फर्छ्यौट गरेको प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताएका छन् ।
दैलेख जिल्ला कम बेरुजु हुने स्थानीय तहमा महाबु परेपछि प्रमुख प्रशासकीय अधिकृतले लेखेका छन् ``यो उपलब्ध हासिल गर्नमा हातेमालो गर्नुहुने गाउँपालिका अध्यक्षज्यु, वडाअध्यक्षज्यूहरु लगायत समग्र टिम , सम्पूर्ण शाखा प्रमुख लगायत कर्मचारी साथिहरु लाई विशेष धन्यवाद छ । ´´
उपाध्यायले विशेषगरी लेखा अधिकृत खगेन्द्र बि.सीलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा शुन्य बेरुजु कायम गर्ने अभियानमा रहेकोले जनप्रतिनिधि र कर्मचारीलाई साथ सहयोग समेत मागेका छन् ।
प्रतिक्रिया