चार डीएसपीको एसपीमा बढुवा सिफारिस

चार डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ ।

प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूहतर्फका चार जना डीएसपीलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

एसपीमा सिफारिस हुनेहरुमा अपराध अनुसन्धान विद्यालय मानवश्रोत व्यवस्थापन शाखा, महाराजगञ्जमा कार्यरत प्रदिपबहादुर क्षेत्री, नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेका नारायण रंजितकार, राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरबारमा कार्यरत अनन्तराम शर्मा र नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय कार्य÷परिचालन शाखा सामाखुशीका एक नारायण कोइराला छन् ।