गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय बन्द

गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय बन्द

वीरेन्द्रनगर- सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरूमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगर नगरपालिकाले सूचना जारी गरेर एक साताका लागि विद्यालयमा बिदा दिएको जानकारी गराएको हो । 

गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएकाले विद्यालयको पठनपाठन बन्द गराउन विद्यालयहरूलाई निर्देशन दिएको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले अध्याधिक गर्मीले पठनपाठनमा समस्या आए पछि वर्षे बिदाबाट कट्टी हुने गरी नगरपालिकाले बिदा दिएको जानकारी दिनुभयो । 

यस्तै, नगरपालिकाको समन्वयमा छनोट भएका सामुदायिक विद्यालयहरूमा सञ्चालन हुने योग तथा ध्यान कक्षा, सङ्गीतसँग सम्बन्धित आधारभूत सीप विकास कक्षा र मनोसामाजिक परामर्श मौसम अनुकूल समय मिलाएर सञ्चालन र व्यवस्थापन लागि आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ ।